News Portal

  • भक्तपुरमा सालनालसहितको नवजात शिशु बेवारिसे अवस्थामा फेला

    दोलागिरि संवाददाता२०८३ जेठ ६
    ३६ पटक

    भक्तपुर, जेठ ६ ।
    भक्तपुरको मध्यपुर थिमि–३ गठ्ठाघरस्थित नमूनाबस्ती क्षेत्रमा बुधबार बिहान सालनालसहितको नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको छ।
    गठ्ठाघरस्थित विगमार्ट नजिक पुरानो आइचर कम्पनी जाने बाटोको छेउमा सालनालसहितको नवजात छोरी शिशु बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
    स्थानीय विनोद न्यौपाने र मनिषा धनुकेले शिशुलाई देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर शिशुको उद्धार गरेको थियो। उद्धारपछि शिशुलाई उपचारका लागि नागरिक अस्पताल लगिएको प्रहरीले जनाएको छ।
    अस्पतालका अनुसार शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ र हाल उपचार तथा निगरानी भइरहेको छ।
    घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ।

    प्रतिकृया दिनुहोस्