News Portal

  • सुकुम्बासी बस्तीमाथिको राज्यदमन विरुद्ध सडक कविता वाचन भव्य रूपमा सम्पन्न

    दोलागिरि संवाददाता२०८३ जेठ ३
    १८ पटक

    ३ जेठ २०८३ काठमाडौं । प्रगतिशील लेखक संघ नेपाल केन्द्रीय समितिको आयोजनामा “सुकुम्बासी बस्तीमाथिको राज्यदमन विरुद्ध सडक कविता वाचन” कार्यक्रम आज काठमाडौंको रत्नपार्कस्थित शान्ति वाटिकामा भव्य रूपमा सम्पन्न भएको छ।
    वर्तमान राज्यसत्ताबाट सुकुम्बासी, श्रमिक तथा गरिब जनतामाथि भइरहेको दमन, विस्थापन र अन्यायका विरुद्ध आवाज उठाउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा देशभरका प्रगतिशील आन्दोलनसँग आबद्ध वरिष्ठ लेखक, कवि, साहित्यकार तथा सांस्कृतिककर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रममा ३३ जना भन्दा बढी कविहरूले राज्यदमन, गरिबमाथिको अन्याय, सुकुम्बासी बस्तीमाथि गरिएको डोजर आतंक, विस्थापन र जनताको पीडालाई केन्द्रमा राख्दै सशक्त सडक कविता वाचन गरेका थिए। कविहरूले आफ्ना कवितामार्फत उत्पीडित वर्गको पक्षमा प्रतिरोधको आवाज बुलन्द गर्दै राज्यको दमनकारी प्रवृत्तिको तीव्र आलोचना गरेका थिए।

    कार्यक्रममा कविहरुले  जनताको आधारभूत बासस्थानको अधिकार सुनिश्चित गर्नुपर्ने माग गर्दै गरिब तथा सुकुम्बासीमाथि हुने अमानवीय व्यवहार तत्काल बन्द गर्न सरकारसँग कविता मार्फत आग्रह गरेका थिए। उनीहरूले साहित्य, कला र संस्कृतिलाई जनताको संघर्षसँग जोडेर अन्यायविरुद्ध निरन्तर प्रतिरोध गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

    शान्ति वाटिकामा आयोजित उक्त सडक कविता वाचन कार्यक्रममा उपस्थित साहित्यप्रेमी,  सांस्कृतिककर्मी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले स्रष्टाहरूको एकता, प्रतिरोधको चेतना र जनपक्षीय साहित्यिक आन्दोलनलाई थप बल पुगेको आयोजकले जनाएको छ। भने उक्त कार्यक्रमको संचालन महासचिव पारस ढकाले गर्नु भयको थियो भने अध्यक्ष उपाध्यक्ष समीर सिहँले गर्नु भयको थियो ।

    प्रतिकृया दिनुहोस्