News Portal

  • अवैध प्लटिङले बाढीपहिरोको जोखिम बढ्यो : दुर्घटना भए सूर्यविनायक नगरपालिकाले जिम्मा लिनुपर्छ — अभियन्ता लामा

    दोलागिरि संवाददाता२०८३ जेठ १
    १२५ पटक

    भक्तपुर । भ्रष्टाचारविरोधी अभियन्ता प्रेमध्वज लामाले भक्तपुरको सूर्यविनायक तथा चाँगुनारायण क्षेत्रमा भइरहेको अवैध जग्गा प्लटिङका कारण बाढीपहिरोको जोखिम बढेको बताएका छन्। उनले आगामी वर्षायाममा कुनै क्षति वा दुर्घटना भए त्यसको जिम्मेवारी सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापासहित जनप्रतिनिधिले लिनुपर्ने चेतावनी दिएका छन्।
    शुक्रबार आयोजित पत्रकार सम्मेलनमा लामाले नगरपालिकाले अवैध प्लटिङ रोक्न बेवास्ता गरेको आरोप लगाउँदै आवश्यक परे अदालतसम्म जाने बताए। उनले सांसद, नगरप्रमुख, वडा अध्यक्ष र प्रशासनको ध्यानाकर्षण समेत गराएका छन्।
    उनका अनुसार पहाडी भूभागमा जथाभावी भइरहेको प्लटिङका कारण बस्ती नै जोखिममा पर्ने अवस्था सिर्जना भएको छ। साथै उनले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमणप्रति पनि चिन्ता व्यक्त गरे।
    फरक प्रसंगमा लामाले भक्तपुरका इँटा भट्टा बन्द गर्नुको सट्टा व्यवस्थित गर्नुपर्ने धारणा राखे। इँटा उद्योगले हजारौं युवालाई रोजगारी दिएको उल्लेख गर्दै उद्योग बन्द भए वैदेशिक पलायन अझ बढ्ने उनले बताए।

    प्रतिकृया दिनुहोस्