News Portal

  • SEE २०८२ मा प्रज्ञा इङ्ग्लिश सेकेण्डरी स्कुलको लगातार सफलता : शतप्रतिशत नतिजा

    दोलागिरि संवाददाता२०८३ बैशाख २९
    २४ पटक

    २८ वैशाख २०८३ दुवाकोट भक्तपुर  । प्रज्ञा इङ्ग्लिश सेकेण्डरी स्कुल ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा पनि शतप्रतिशत नतिजा हासिल गर्दै आफ्नो उत्कृष्ट शैक्षिक परम्परालाई निरन्तरता दिएको छ। गत वर्षझैँ यस वर्ष पनि विद्यालयका परीक्षामा सहभागी सबै विद्यार्थी उत्तीर्ण भएका छन्।
    विद्यालयले सार्वजनिक गरेको नतिजाअनुसार ३.६ देखि ४.० GPA समूहमा ११ जना विद्यार्थी रहेका छन् भने ३.२ देखि ३.६ GPA समूहमा २२ जना विद्यार्थी तथा ३.० देखि ३.२ GPA समूहमा ४ जना विद्यार्थीले सफलता हासिल गरेका छन्।
    विद्यालयका प्रिन्सिपल टंक प्रसाद सिटौला ले विद्यालयको यो उपलब्धिप्रति खुसी व्यक्त गर्दै भने,
    “प्रज्ञा इङ्ग्लिश सेकेण्डरी स्कुलले लगातार दोस्रो वर्ष पनि शतप्रतिशत नतिजा हासिल गर्नु हाम्रो लागि गर्वको विषय हो। यो सफलता विद्यार्थीहरूको अथक मेहनत, शिक्षकहरूको समर्पित मार्गदर्शन र अभिभावकहरूको निरन्तर सहयोगको साझा परिणाम हो। आगामी दिनमा पनि हामी गुणस्तरीय शिक्षा प्रदान गर्दै अझ उत्कृष्ट नतिजा हासिल गर्ने प्रतिबद्धतासहित अघि बढ्नेछौँ।”
    विद्यालय परिवारले यस उपलब्धिलाई अझ उत्कृष्ट शैक्षिक यात्राको प्रेरणाका रूपमा लिँदै आगामी दिनमा पनि शैक्षिक गुणस्तर सुदृढ गर्दै लैजाने जनाएको छ।

    प्रतिकृया दिनुहोस्