
काठमाडौं । ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाफल सार्वजनिक गरेको छ । सोमबार साँझ सार्वजनिक गरिएको नतिजाअनुसार नियमिततर्फ कुल ४ लाख ३० हजार ६६७ विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।
बोर्डका अनुसार परीक्षामा सहभागीमध्ये २ लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड भएका छन् भने १ लाख ४६ हजार ५०७ विद्यार्थी नन–ग्रेडेड भएका छन् । यस वर्ष कुल उत्तीर्ण प्रतिशत ६५.९८ रहेको जनाइएको छ ।
नतिजाअनुसार ३.६० देखि ४.०० जीपीएसम्म ल्याउने विद्यार्थी संख्या ४८ हजार ३९२ रहेको छ । त्यस्तै ३.२० देखि ३.६० जीपीए ल्याउने ८० हजार ३७२, २.८० देखि ३.२० ल्याउने ९४ हजार २२२ तथा २.४० देखि २.८० ल्याउने ५५ हजार ९७७ विद्यार्थी रहेका छन् ।
त्यसैगरी २.०० देखि २.४० जीपीए ल्याउने विद्यार्थी संख्या ५ हजार १९० रहेको छ भने १.६० देखि २.०० जीपीए ल्याउने विद्यार्थी संख्या ७ रहेको बोर्डले जनाएको छ ।
बोर्डका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्षको नतिजामा केही सुधार देखिएको छ । परीक्षाफल सार्वजनिक भएसँगै विद्यार्थी तथा अभिभावकमा उत्साह छाएको छ ।









