News Portal

  • मनोरम बोर्डिङ सेकेण्डरी स्कुलमा निःशुल्क दन्त शिविर संचालन हुदैं

    दोलागिरि संवाददाता२०८३ बैशाख २५
    ५१७ पटक

    भक्तपुर, बैशाख २५ ।
    भक्तपुरको सूर्यविनायक नगरपालिका–५, कटुञ्जेस्थित मनोरम बोर्डिङ सेकेण्डरी स्कुल मा निःशुल्क दन्त शिविर आयोजना हुने भएको छ। विद्यालयको आयोजनामा सञ्चालन हुन लागेको उक्त शिविर आगामी बैशाख २९ गते मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्यालय परिसरमा सञ्चालन गरिने जनाइएको छ।
    विद्यालयले विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायको स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने उद्देश्यले शिविर आयोजना गरिएको जनाएको छ। शिविरमा दाँत तथा मुखसम्बन्धी परीक्षण, आवश्यक परामर्श तथा प्राथमिक उपचार सेवा प्रदान गरिने कार्यक्रम रहेको छ।
    शिविरमा समाज डेन्टल को प्राविधिक सहयोग रहने विद्यालय प्रशासनले जनाएको छ। विद्यालयका अनुसार अनुभवी दन्त चिकित्सकहरूको टोलीमार्फत सेवाग्राहीलाई निःशुल्क सेवा उपलब्ध गराइनेछ।
    शैक्षिक गुणस्तरसँगै अतिरिक्त सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको मनोरम बोर्डिङ सेकेण्डरी स्कुलले समुदायसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।
    विद्यालयले अभिभावक, विद्यार्थी तथा स्थानीय बासिन्दालाई समयमै उपस्थित भई निःशुल्क स्वास्थ्य सेवाको लाभ लिन आग्रह गरेको छ।

    प्रतिकृया दिनुहोस्