News Portal

  • मध्यपुर थिमिमा अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता पहिचान सम्बन्धी अन्तरक्रिया सम्पन्न

    दोलागिरि संवाददाता२०८३ बैशाख २४
    २३ पटक

    २४ वैशाख २०८३ भक्तपुर  ।  मध्यपुर थिमि नगरपालिका द्वारा आयोजित अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता पहिचान तथा विश्लेषण सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको  छ।
    कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरू, सरोकारवाला निकायका प्रतिनिधि तथा नगरपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो। अन्तरक्रियाका क्रममा अपाङ्गता भएका व्यक्तिहरूले आफूहरूले भोगिरहेका समस्या, आवश्यक सेवा–सुविधा, स्वास्थ्य, शिक्षा, पहुँच तथा सहायक सामग्री सम्बन्धी आवश्यकता प्रस्तुत गरेका थिए।
    कार्यक्रममा प्रस्तुतीकरणमार्फत विभिन्न प्रकारका अपाङ्गताका अवस्था, उनीहरूका चुनौती तथा आवश्यक सहयोगका विषयमा जानकारी गराइएको थियो। सहभागीहरूलाई आवश्यकता अनुसार सेवा तथा सामग्री प्राप्त गर्नका लागि माग फारम समेत उपलब्ध गराइएको आयोजकले जनाएको छ।
    नगरप्रमुख सुरेन्द्र श्रेष्ठले  पाङ्गता भएका व्यक्तिहरूको वास्तविक आवश्यकता पहिचान गरी आगामी दिनमा थप प्रभावकारी तथा अपाङ्गता मैत्री योजना निर्माण गरिने प्रतिवद्धाता   जनाएका थिय नगरपालिका सवै समस्याको समाधान गर्न आवश्यक श्रोतसाधन उपलब्ध गराउन तयार रहेको जनायका थिए ।

    प्रतिकृया दिनुहोस्