News Portal

  • मध्यपुर थिमीमा विद्यालय पुनः सञ्चालन सुकुम्बासी बस्ती व्यवस्थापनपछि सरस्वती आधारभूत विद्यालयलाई नयाँ जीवन

    दोलागिरि संवाददाता२०८३ बैशाख २३
    १४१ पटक

    भक्तपुर, मध्यपुर थिमी
    मध्यपुर थिमी नगरपालिका अन्तर्गत सञ्चालित सरस्वती आधारभूत विद्यालय सुकुम्बासी बस्ती व्यवस्थापनका क्रममा भत्किएपछि पनि पुनः सञ्चालनमा आएको छ।


    सरकारले मनोहरा खोला किनारमा रहेको अव्यवस्थित सुकुम्बासी बस्ती हटाउने क्रममा सो क्षेत्रमा सञ्चालित विद्यालयसमेत प्रभावित भएको थियो। सार्वजनिक क्षेत्रमा अवस्थित विद्यालय संरचना भत्किएपछि केही समयका लागि पठनपाठन अवरुद्ध भएको थियो।
    तर, यस कठिन परिस्थितिलाई अवसरमा रूपान्तरण गर्दै नगरपालिकाले तत्काल पहल गरेको छ।

    नगर प्रमुख सुरेन्द्र श्रेष्ठ को नेतृत्वमा विद्यालयलाई वडा नं. १ स्थित लोकन्थलीको सामुदायिक भवनमा स्थानान्तरण गरी पठनपाठनलाई निरन्तरता दिइएको हो।
    नगरपालिकाद्वारा निर्माण गरिएको उक्त सामुदायिक भवनबाट विद्यालयले पुनः आफ्नो शैक्षिक यात्रा सुरु गरिसकेको छ। यसले विद्यार्थीहरूको पढाइमा आएको अवरोध हटाउनुका साथै शिक्षा प्रतिको स्थानीय सरकारको जिम्मेवारी र संवेदनशीलता समेत उजागर गरेको छ।
    स्थानीय अभिभावक तथा सरोकारवालाहरूले नगरपालिकाको यस कदमको स्वागत गरेका छन्। उनीहरूका अनुसार विद्यालय पुनः सञ्चालन हुनु केवल पठनपाठनको पुनःआरम्भ मात्र नभई जिम्मेवार नेतृत्व र दूरदर्शी सोचको उदाहरण हो।

    नगर प्रमुख श्रेष्ठले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै आवश्यक पूर्वाधार व्यवस्थापनमा निरन्तर काम गर्ने प्रतिबद्धता जनाएका छन्।

    यो घटनाले विकास, व्यवस्थापन र शिक्षा जस्ता संवेदनशील विषयबीच सन्तुलन कायम गर्न स्थानीय तहको भूमिकालाई स्पष्ट रूपमा उजागर गरेको छ।

    प्रतिकृया दिनुहोस्