News Portal

  • गुरुकुल विद्या मन्दिरको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न

    दोलागिरि संवाददाता२०८३ बैशाख ५
    २२ पटक

    भक्तपुर — चाँगुनारायण नगरपालिका वडा नं. १ दुवाकोटस्थित गुरुकुल विद्या मन्दिरले आफ्नो वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ।

    कार्यक्रमको उद्घाटन गर्दै   चाँगुनारायण   नगरपालिकाका मेयर जीवन खत्री ले विद्यालयले संस्कारयुक्त शिक्षामा जोड दिँदै संस्कृत शिक्षा लागू गरेकोमा धन्यवाद व्यक्त गरे। उनले “केही भएकै छैन, केही गरेकै छैन” भन्ने नकारात्मक भाष्य निर्माण गरेर जनप्रतिनिधि तथा राष्ट्रसेवक कर्मचारीलाई होच्याउने प्रवृत्ति अन्त्य गर्नुपर्ने उल्लेख गर्दै सबै विद्यालयमा संस्कृत तथा संस्कारयुक्त शिक्षा अनिवार्य लागू गर्नुपर्नेमा जोड दिए।

    कार्यक्रममा लाई सम्बोधन गर्दै वडा दुईका  अध्यक्ष  सोम  प्रधान ले चाँगुनारायण नगरपालिकालाई शैक्षिक हबका रूपमा विकास गर्न सकिने बताउँदै गुणस्तरीय शिक्षा प्रदान गर्न निजी विद्यालयहरूबीच प्रतिस्पर्धा आवश्यक रहेको धारणा राखे। उनले आवश्यकताका आधारमा विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन विद्यालयलाई आग्रह समेत गरे।
    त्यस्तै वडा नं. १ का अध्यक्ष सिजन कार्की ले विद्यालयले शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै विद्यार्थीलाई सहुलियत दरमा शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिए।
    विद्यालयकी प्रिन्सिपल बिमला खड्का ले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन्। कार्यक्रममा विद्यार्थीहरूले नृत्य तथा सांगीतिक प्रस्तुति दिँदै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
    कार्यक्रम विद्यालयका निर्देशक भोला न्यौपाने को सभापतित्वमा सम्पन्न भएको थियो।
    उक्त विद्यालय चाँगुनारायण नगर क्षेत्रमा स्विमिङ पुल सुविधा भएको एक मात्र निजी विद्यालयका रूपमा परिचित छ। विद्यालयमा संस्कृत विषय पनि पढाइने गरिएको छ भने हाल कक्षा ५ सम्म अध्ययन-अध्यापन हुँदै आएको छ।

    प्रतिकृया दिनुहोस्