News Portal

  • महंगी र कालोबजारीका बिरुद्ध ,जनताहरू विशेषत:युवाहरू आँखा खोलेर हेर अधिकारका लागि संघर्ष गर्न तयार हौं : विप्लव

    दोलागिरि संवाददाता२०८३ बैशाख ६
    ७२ पटक

    काठमाडौं — देशभर बढ्दो महङ्गीका कारण सर्वसाधारण जनता चरम संकटमा परिरहेका बेला विप्लव नेतृत्वको आफ्नो  धाराणा सार्वजनिक गर्दै   सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरेको छ। दैनिक उपभोग्य वस्तु—पेट्रोलियम पदार्थ, ग्यास, नुन तथा खाद्यान्न—को मूल्य आकासिँदै जाँदा जनजीवन कष्टकर बन्दै गएको भन्दै तत्काल हस्तक्षेप गर्न माग गरिएको छ।

    नेपाल कम्युनिस्ट पार्टीका महासचिव  विप्लवले सामाजिक संन्जाल फेसबुक मार्फत  सरकारले विशेष अनुदानको व्यवस्था गरेर आधारभूत वस्तुहरू सुलभ मूल्यमा उपलब्ध गराउन नसक्नु गम्भीर असफलता भएको आरोप लगाइएका छन । “राज्यले जनताको न्यूनतम जीवन सुनिश्चित गर्न सकेन भने त्यो राज्यको औचित्य समाप्त हुन्छ,” भनिएको छ।

    उक्त धारमा अगाडि भनिएको छ यदि स्थिति यस्तै रहने हो भने २–४ प्रतिशत धनी वर्गले मात्र उपभोग गर्ने र बहुसंख्यक जनता अभावमा मर्ने अवस्था सिर्जना हुन्छ। यस्तो असमान व्यवस्था कुनै पनि हालतमा स्वीकार्य हुँदैन।

    यसै सन्दर्भमा विप्लवले युवाहरूलाई विशेष रूपमा सचेत रहन आह्वान गरेको छ। “युवाहरूले आँखा खोल्नुपर्छ, अधिकारका लागि संगठित हुनुपर्छ र आवश्यक परे संघर्षका लागि तयार हुनुपर्छ,” भन्ने उल्लेख गरिएका छन्। उनीहरूले अहिलेको संकटलाई केवल आर्थिक नभई राजनीतिक असफलताको परिणामका रूपमा व्याख्या गरेका छन्।

    बजारमा मूल्य नियन्त्रणको अभाव, बिचौलियाको चलखेल र प्रभावकारी अनुगमन नहुँदा महङ्गी नियन्त्रण बाहिर गएको आरोप लगाउँदै तत्काल कडा कदम चाल्न सरकारलाई चेतावनी दिइएको छ। अन्यथा, जनताले आफैं विकल्प खोज्ने परिस्थिति सिर्जना हुने दाबी समेत गरिएको छ।

    प्रतिकृया दिनुहोस्