News Portal

  • भक्तपुरमा शनिबार सांगीतिक महोत्सव: प्रमोद खरेल र दुर्गेश थापा एउटै स्टेजमा

    दोलागिरि संवाददाता२०८३ बैशाख ४
    ३१ पटक

    भक्तपुर । वैशाख ५ गते शनिबार भक्तपुरको सल्लाघारीमा चर्चित गायक प्रमोद खरेल र दुर्गेश थापा ले सांगीतिक तहल्का मच्चाउने भएका छन्।

    भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको अवसरमा आयोजना हुन लागेको “वाइल्ड फायर नाइट” कन्सर्टमा यी दुई लोकप्रिय कलाकारले एउटै मञ्च साझा गर्न लागेका हुन्। आयोजक औद्योगिक शान्ति नेपाल का अध्यक्ष सन्दिप महतका अनुसार, शनिबार साँझ हुने उक्त कन्सर्टमा दर्शकले चर्चित गीतहरूको धमाकेदार प्रस्तुति हेर्न पाउनेछन्।

    कन्सर्टमा दुर्गेश थापा ले “दुश्मन हेरेको हेरै” लगायतका लोकप्रिय गीत प्रस्तुत गर्नेछन् भने प्रमोद खरेल एण्ड परम्परा ब्याण्डले “झ्यालबाट हेर” जस्ता चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन्।

    आयोजकका अनुसार, दुर्गेश थापा र प्रमोद खरेल पहिलो पटक एउटै कन्सर्टमा देखिन लागेकाले यो कार्यक्रम विशेष आकर्षणको रूपमा हेरिएको छ। भक्तपुरसहित आसपासका दर्शकलाई चर्चित जोडीलाई एकै स्थानमा हेर्ने दुर्लभ अवसर प्राप्त हुने बताइएको छ।
    कन्सर्ट हेर्न इच्छुक दर्शकले Khalti लगायतका डिजिटल एपमार्फत २५० र ५०० रुपैयाँका टिकट खरिद गर्न सक्नेछन्।

    विगत १२ वर्षदेखि सञ्चालन हुँदै आएको भक्तपुर औद्योगिक सांस्कृतिक पर्यटन तथा व्यापार महोत्सवको यो संस्करणमा हालसम्म करिब एक लाख दर्शकले अवलोकन गरिसकेको आयोजकले जनाएको छ।

    प्रतिकृया दिनुहोस्