
भक्तपुर, चैत २४ । स्वतन्त्र पत्रकार संघको नवलपुरमा सम्पन्न पाँचौं अधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भक्तपुरका पदाधिकारीहरूलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ।
स्वतन्त्र पत्रकार संघ भक्तपुर शाखाद्वारा आयोजित कार्यक्रममा जिल्लाबाट निर्वाचित केन्द्रीय सदस्यहरू प्रेमध्वज लामा र सुरेश सैंजू लाई सम्मानसहित सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ । उक्त कार्यक्रम भक्तपुर जिल्ला शाखाका संस्थापक अध्यक्ष इन्दुल केसी को विशेष उपस्थितिमा सम्पन्न भएको थियो भने शाखा अध्यक्ष रेणु त्वायनाबासुले कार्यक्रमको सभापतित्व गरेका थिन्।
सो अवसरमा बोल्दै नवनिर्वाचित केन्द्रीय सदस्य लामाले भक्तपुर शाखाको सक्रियताले स्वतन्त्र पत्रकारिताप्रति आकर्षण बढेको बताए थिए उने भने हामी केन्द्रीमा रहेर स्वतन्त्र पत्रकारको हकहितका लागि काम गर्ने धाराण राखेका थिए । यस्तै, सैंजूले स्वतन्त्र पत्रकारिताको सुदृढीकरणका लागि पत्रकारहरूको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरेका थिए । कार्यक्रममा शाखाका सदस्य राजन कार्की र उपाध्यक्ष मनिराम लामिछाने लगायतले पनि शुभकामना मन्तव्य दिएका थए ।









