News Portal

  • जनप्रतिनिधिले जितेर जनता हार्न हुँदैन भन्दै नेकपा (माओवादी)ले भक्तपुरका दुवै निर्वाचन क्षैत्रमा दिए उमेदवारी

    दोलागिरि संवाददाता२०८२ माघ ८
    ७५ पटक

    भक्तपुर ।
    चुनावमा हार–जित आफ्नै ठाउँमा हुन्छ, तर जनप्रतिनिधि जितेर जनता हार्न नहुने स्पष्ट धारणा व्यक्त गरिएको छ। यही सन्देशका साथ फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को तर्फबाट भक्तपुरमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ।

    पार्टीका तर्फबाट भक्तपुर क्षेत्र नं. १ मा चन्द्रमान कोजु तथा क्षेत्र नं. २ मा क. प्रकाशराज ढुङ्गेलको उम्मेदवारी मनोनयन दर्ता गरिएको हो। निर्वाचन कार्यालयमा उपस्थित नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय सहभागिताबीच उम्मेदवारी दर्ता प्रक्रिया सम्पन्न भएको पार्टीले जनाएको छ।

    नेकपा (माओवादी) ले यो निर्वाचनलाई जनताको वास्तविक प्रतिनिधित्व स्थापित गर्ने अवसरका रूपमा लिएको बताउँदै जनजीविका, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र समानताको पक्षमा दृढ रूपमा उभिने प्रतिबद्धता व्यक्त गरेको छ। पार्टीले जनताको पक्षमा बोल्ने, जनताको पीडालाई संसदसम्म पुर्‍याउने र व्यवस्था परिवर्तनका एजेन्डालाई सशक्त रूपमा उठाउने उम्मेदवारका रूपमा कोजु र ढुङ्गेललाई अघि सारेको जनाएको छ।
    पार्टीले सम्पूर्ण मतदाता, समर्थक तथा शुभेच्छुकहरूलाई उम्मेदवारहरूलाई अत्यधिक मतले विजयी गराउन आह्वान गर्दै हार्दिक बधाई तथा सफलताको शुभकामना व्यक्त गरेको छ।

    प्रतिकृया दिनुहोस्