News Portal

  • ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको २५औँ वार्षिक साधारण सभा सम्पन्न

    जनसरा ऐडी२०८२ पौष २९
    २४ पटक

    ललितपुर । ललितपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघको २५औँ वार्षिक साधारण सभा संघका अध्यक्ष श्री कृष्ण प्रसाद सापकोटाज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । सभामा केन्द्रीय दुग्ध सहकारी संघका महासचिव श्री राम आचार्यज्यू प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो ।
    सदस्य संस्थाका प्रतिनिधिज्यूहरूको उल्लेख्य उपस्थितिमा सम्पन्न उक्त साधारण सभाले संघको नौँौँ सञ्चालक समिति तथा लेखा तथा सुपरीवेक्षण समितिको निर्वाचनसमेत सम्पन्न गरेको छ । निर्वाचन प्रक्रियामार्फत नयाँ सञ्चालक समिति र लेखा तथा सुपरीवेक्षण समितिका पदाधिकारीहरू निर्विरोध निर्वाचित हुनु भएको छ ।


    नव-निर्वाचित सञ्चालक समितिको अध्यक्षमा श्री कविन्द्र कुमार लामा चयन हुनु भएको छ । यस्तै उपाध्यक्षमा श्री मकुन्द चौँरेल, सचिवमा श्री विष्णु प्रसाद बजगाईँ, कोषाध्यक्षमा श्री ज्ञानेन्द्र प्रसाद गौतम निर्वाचित हुनु भएको छ । सञ्चालक समितिका सदस्यहरूमा श्री लाल बहादुर थिङ, श्री रिता तिमल्सिना (घिमिरे), श्री प्रकृति घिमिरे, श्री राजकुमार घिमिरे, श्री हरी घिमिरे र श्री ठाकुर हुमागाईँ चयन हुनु भएको छ ।


    त्यसैगरी लेखा तथा सुपरीवेक्षण समितिको संयोजकमा श्री उद्धब प्रसाद घिमिरे निर्वाचित हुनु भएको छ भने सदस्यहरूमा श्री भुबल भुलुन र श्री रामहरी तिमल्सिना निर्वाचित हुनु भएको छ ।
    सभाले नवनिर्वाचित पदाधिकारीहरूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै दुग्ध उत्पादक किसानको हकहित, सहकारी सुदृढीकरण तथा दुग्ध क्षेत्रको विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गरेको छ ।
    निर्वाचन सम्पन्न गर्न सहयोग पुर्‍याउने निर्वाचन उप–समितिका संयोजक श्री रुपक घिमिरे तथा सदस्यहरू श्री रमेश घिमिरे र श्री अनुप घिमिरेप्रति संघले विशेष धन्यवाद ज्ञापन गरेको छ । साथै संघको निमन्त्रणालाई स्वीकार गरी उपस्थित हुनु हुने प्रमुख अतिथि, अतिथिज्यूहरू, सदस्य संस्था प्रतिनिधिज्यूहरू लगायत सम्पूर्णप्रति आभार व्यक्त गरिएको छ ।

    प्रतिकृया दिनुहोस्