News Portal

  • ग्राहकको खाताबाट १ करोड ३७ लाख रकम गायब पार्ने वाणिज्य बैंकका कर्मचारी पक्राउ

    दोलागिरि संवाददाता२०८० फाल्गुण ८
    २२१ पटक

    facebook sharing button
    twitter sharing button
    whatsapp sharing button
    sharethis sharing button

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विरगञ्जस्थित राष्ट्रिय वाणिज्य बैंकको पोखरिया शाखाका कर्मचारीलाई पक्राउ गरेको छ । बैंकमा कार्यरत कनिष्ठ सहायक रोहित कुमार ओझालाई पक्राउ गरिएको हो ।

    नक्कली ‘कनेक्ट आइपिएस’  बनाएर ओझाले १ करोड ३७ लाख ८६ हजार रकम आफ्नो र अन्य व्यक्तिको खातामा ट्रान्सफर गरेको आरोप छ । प्रारम्भिक अनुसन्धानबाट १ करोड ३७ लाख ८६ हजार रकम नक्कली ‘कनेक्ट आइपिएस’  बनाएर चोरी गरेको भेटिएको सिआईबीका सूचना अधिकारी (एसपी) होबिन्द्र बोगटीले बताए ।

    आरोपित ओझालाई ब्यूरोले जिल्ला अदालत काठमाडौँबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्