News Portal

  • भक्तपुर अस्पताल पुनः बागमती प्रदेशको वार्षिक मूल्याङ्कनमा उत्कृष्ट

    दोलागिरि संवाददाता२०८२ मंसिर ६
    ९ पटक

    बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको वार्षिक मूल्याङ्कन अनुसार भक्तपुर अस्पताल यस वर्ष पनि प्रदेशकै सबैभन्दा उत्कृष्ट अस्पताल घोषित भएको छ। सेवाको गुणस्तर, जनशक्ति व्यवस्थापन, कार्यसम्पादन, पूर्वाधार थपिँदै गएको स्तर लगायतका सूचकहरूमा उच्च अंक हासिल गर्दै भक्तपुर अस्पतालले १०० मध्ये ७१.१० अंक प्राप्त गर्दै शीर्ष स्थान सुरक्षित गर्‍यो।

    यसअन्तर्गत अन्य अस्पतालहरूले पनि उल्लेखनीय प्रदर्शन गरेका छन्। त्रिशूली अस्पतालले ७०.७२ अंक सहित दोस्रो स्थान हात पारेको छ भने चौतारा अस्पताल यस वर्षको सूचिमा तेस्रो स्थानमा पर्न सफल भएको छ।

    स्वास्थ्य मन्त्रालयका अनुसार मूल्याङ्कनको उद्देश्य सार्वजनिक अस्पतालहरूको सेवा स्तर उकास्ने, प्रतिस्पर्धा बढाउने र सर्वसाधारणले पाउने स्वास्थ्य सेवामा गुणात्मक सुधार ल्याउनु हो। भक्तपुर अस्पतालको लगातार उत्कृष्टताले जनविश्वास अझै बलियो बनाएको मन्त्रालयले जनाएको छ।

    स्थानीयवासी र सेवाग्राहीले अस्पतालले पछिल्ला वर्षहरूमा गरेको सेवा विस्तार, आधुनिक उपकरणसंस्करण, कुशल जनशक्तिको बढ्दो उपस्थिति र यथोचित उपचार व्यवस्थाले अस्पताललाई प्रदेशकै अग्रस्थानमा पुर्‍याएको बताएका छन्।

    मन्त्रालयले आगामी वर्षमा पनि अस्पतालहरूबीच स्वस्थ प्रतिस्पर्धा बढाइ उत्कृष्टता अझ सुदृढ बनाउन निरन्तर अनुगमन र समर्थन जारी रहने जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    Oplus_0