News Portal

  • नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले निर्वाचन आयोगबाट आधिकारिक प्रमाणपत्र प्राप्त

    दोलागिरि संवाददाता२०८२ मंसिर ४
    ४३ पटक

    २०८२ मंगसीर २ काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी)  महासचिव नेत्रविक्रम चन्द विप्लव सीको नेतृत्वमा चल्दै आएको पार्टी —ले आज निर्वाचन आयोगबाट आधिकारिक दर्ता–प्रमाणपत्र प्राप्त गरेको छ । आयोगले सार्वजनिक गरेको अद्यावधिक दल–सूचीअनुसार पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी)’ रहनेछ भने आगामी निर्वाचनका लागि तोकिएको चुनाव चिन्ह ‘गुलाफ’ हुनेछ ।

    पार्टी दर्ता प्रमाणपत्र प्राप्तसँगै अब विप्लव नेतृत्वको माओवादी पार्टीले देशभर औपचारिक राजनीतिक गतिविधि विस्तार गर्ने, संगठनात्मक पुनर्संरचना तीव्र पार्ने र स्थानीयदेखि संघीय तहसम्म निर्वाचन प्रक्रियामा सहभागी हुने तयारी अघि बढाएको छ। पार्टीका अनुसार ‘गुलाफ’ चिन्हले सौन्दर्य, क्रान्ति र नयाँ विकल्पको प्रतीकबारे जनस्तरमा सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ।

    निर्वाचन आयोगले आवश्यक कागजात, विधान, कार्यकारी समितिका विवरण र सदस्य संख्या जाँच–बुझपछि प्रमाणपत्र जारी गरेको हो। यससँगै नेपालका वैधानिक राजनीतिक दलहरूको सूचीमा अर्को नयाँ शक्ति औपचारिक रुपमा समावेश भएको छ।

    पार्टी स्रोतको भनाइअनुसार अब आगामी दिनमा राजनीतिक कार्यक्रम, जनसम्पर्क अभियान र संगठन विस्तारलाई प्राथमिकता दिइनेछ।

    प्रतिकृया दिनुहोस्

    Oplus_0