News Portal

  • मदानी डेरी प्रालिको तेस्रो वार्षिक सभा सम्पन्न, ISO 32000 प्रमाणपत्रसहित अन्तर्राष्ट्रिय मान्यता प्राप्त

    दोलागिरि संवाददाता२०८२ मंसिर १
    ६० पटक

    बेथानचोक, काभ्रे – मंसिर २९, २०८२ ।काभ्रे जिल्लाको बेथानचोक गाउँपालिका–५ स्थित च्याङग्रेबेशीमा संन्चालित  मदानी डेरी प्रालिको तेस्रो वार्षिक साधारण सभा आज उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ।

    कार्यक्रममा विशेष अतिथिको रूपमा सहभागि पर्टन ब्यावसायीक तथा समाजसेविको तर्फ वाट मन्वतबय राख्दैं राम सुन्दर  बकेले ग्रामीण पर्यटन र स्थानीय उद्यमशीलताको सम्भावनाबारे महत्वपूर्ण सम्भवना भोकेको धाराणा राख्दै मदानी डेरी परिवारलाई विशेष धन्यवाद दिएका छन्।बकेले  मदानी डेरीको उपभोक्ता भएको नाताले उत्पादनप्रतिको आफ्नो अनुभव साझा गर्दै भने,

    “मदानीका उत्पादनहरू गुणस्तरीय, शुद्ध र उपभोक्ता–मैत्री छन्। गाउँमै बसेर यति उत्कृष्ट उत्पादन गर्न सकिन्छ भन्ने उदहारण मदानी डेरीले दिएको छ।”

    कार्यक्रमको मुख्य आकर्षण भनेको मदानी डेरी प्रालिले अन्तर्राष्ट्रिय स्तरको ISO 32000 मान्यता प्राप्त गरेको घोषणा थियो। यो मान्यता प्राप्त गर्दै कम्पनीले आफ्नो उत्पादन प्रणाली, गुणस्तर, स्वच्छता र व्यवस्थापनमा अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको प्रमाणित गरेको छ।

    उक्त अवसरमा वक्ताले मदानी डेरी परिवारलाई बधाई दिँदै थपे,

    “ISO 32000 प्राप्त गर्नु आफैंमा गौरवको विषय हो। आशा छ—मदानी डेरीले भविष्यमा पनि यस्तै गुणस्तर कायम राख्दै नेपाली उपभोक्ताको मन जितिरहोस्।”

    कार्यक्रममा स्थानीय जनप्रतिनिधि, व्यावसायिक समुदाय, कृषक, उपभोक्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले ग्रामीण स्तरमा उद्योग सञ्चालन र त्यसले कृषि तथा पर्यटन विकासमा पुर्याउने योगदानबारे पनि सामूहिक रूपमा विचार–विमर्श गरेका थिए।

    मदानी डेरी प्रालिले वर्तमानमा दूध, दही, पनीर, घ्यू लगायतका दुग्धजन्य उत्पादनहरू बजारमा पु¥याउँदै आएको छ। उत्पादनको विस्तारसँगै अब कम्पनीले ग्रामीण पर्यटन, किसान–किसान सहकार्य, र अन्तर्राष्ट्रिय बजारको सम्भावनामा पनि ध्यान केन्द्रित गर्ने योजना प्रस्तुत गरेको छ।

    कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्दै मदानी डेरी प्रालिको व्यवस्थापन पक्षले सबै अतिथि, साझेदार, किसान र उपभोक्तालाई धन्यवाद ज्ञापन गरेको छ।

    प्रतिकृया दिनुहोस्

    Oplus_0