News Portal

  • नेसनल प्याव्सन भक्तपुरको आयोजनमा अन्तर–विद्यालय नाटक प्रतियोगिता हुर्दैं

    दोलागिरि संवाददाता२०८२ कार्तिक २७
    २१० पटक

    भक्तपुर/कार्तिक २६ । नेसनल प्याव्सन भक्तपुर अन्तर्गत सम्भवतः पहिलो पटक अन्तर–विद्यालय नाटक प्रतियोगिता आगामी मिति २०८२ कार्तिक २७ गते हुने भएको छ ।
    विद्यार्थीहरूको रचनात्मक क्षमता, अभिनय कौशल र सांस्कृतिक चेतना अभिव्यक्त गर्ने उद्देश्य सहित सूर्यविनायक–९, भक्तपुरस्थित मदरल्याण्ड स्कुलले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरेको जनाएको छ ।

    आयोजकका अनुसार, नेसनल प्याव्सनमा आबद्ध विद्यालयहरूका कक्षा १० सम्मका विद्यार्थीहरू यस प्रतियोगितामा सहभागी हुन पाउनेछन् । नाटक माध्यमबाट विद्यार्थीहरूमा सामाजिक सन्देश, सिर्जनात्मक सोच र सामूहिक प्रस्तुतिको संस्कार विकास गर्ने उद्देश्यले कार्यक्रम तयार गरिएको हो ।

    प्रतियोगितालाई अझ स्तरीय र सन्देशमूलक बनाउन आयोजकले विशेष मापदण्ड निर्धारण गरेको छ — हरेक नाटकको विषयवस्तु सन्देशमूलक हुनुपर्नेछ, र प्रस्तुतिको समय ७ देखि १५ मिनेट भित्र सीमित रहनेछ । साथै, प्रत्येक नाटक समूहमा अधिकतम ८ जना कलाकार सम्म सहभागी हुन पाउनेछन् ।

    सांस्कृतिक प्रतिस्पर्धालाई उत्साहजनक बनाउन आकर्षक पुरस्कारहरूको व्यवस्था गरिएको छ ।
    मुख्य पुरस्कार अन्तर्गत प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने समूहहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै, प्रतिभा र सृजनालाई सम्मान गर्न उत्कृष्ट कथा, उत्कृष्ट कलाकार, उत्कृष्ट निर्देशन, उत्कृष्ट प्रस्तुति, उत्कृष्ट सन्देशउत्कृष्ट मञ्च व्यवस्थापन जस्ता सब–टाइटल अवार्डहरू समेत प्रदान गरिनेछन् ।

    मदरल्याण्ड स्कुलका कार्यक्रम संयोजक विष्णु प्रसाद दुवालले भने, “प्रतियोगिताको सबै तयारी पूरा भइसकेको छ । विद्यार्थीहरूको नाटकप्रतिको उत्साह प्रेरणादायी छ । यो कार्यक्रमले भक्तपुर क्षेत्रमै नयाँ सांस्कृतिक आयाम स्थापित गर्नेछ भन्ने हाम्रो विश्वास छ,” भनेर उत्साह व्यक्त गरे ।

    सांस्कृतिक चेतना र सिर्जनात्मक प्रतिस्पर्धाको यो मंचले भक्तपुरका विद्यार्थीहरूलाई नयाँ नाटक–यात्रातर्फ अघि बढाउने अपेक्षा गरिएको छ ।

     

    प्रतिकृया दिनुहोस्

    Oplus_0