News Portal

  • नारायणहिटीको पर्खाल भत्काउन महानगरको अर्को पत्र

    डोलागिरी संवाददाता२०८१ साउन २२
    १३१५ पटक

    काठमाडौं । काठमाडौं महानगरपालिकाले नारायणहिटी दरबारको पर्खाल अग्लो भएको भन्दै भत्काउन पुनः अर्को पत्र पठाएको छ ।

    महानगरपालिकाले नेपाल ट्रष्टलाई १३ पुसमा मापदण्डभन्दा अग्लो पर्खाल बनाएको भन्दै भत्काउन पत्र गरेको थियो । तर, नेपाल ट्रष्टले अटेर गरेपछि महानगरले बुधबार फेरि पत्र पठाएर नारायणहिटीको पर्खाल भत्काउन पत्र पठाएको हो ।

    ‘महानगरको पर्खालसम्बन्धी आफ्नै मापदण्ड छ, उक्त मापदण्ड भन्दा बाहिर कुनैपनि पर्खाल बनाउन पाँइैदन, नारायणहिटीको मापदण्ड भन्दा अग्लो भएकोले संरचना सुधार गर्नको लागि भनेका हौं,’ काठमाडौं महानगरको शहरी व्यवस्थापन विभाग प्रमुख अर्चना शाक्यले भनिन् ।

    महानगरको मापदण्ड अनुसार १.२ मिटर अग्लो पर्खाल र ०.६ मिटर जाली लगाउन पाइन्छ ।

    प्रतिकृया दिनुहोस्