News Portal

  • नयाँ दृष्टिकोणसहितको कम्युनिस्ट पुनर्गठन आवश्यक’ : बिप्लव

    दोलागिरि संवाददाता२०८२ कार्तिक १८
    २५ पटक

    काठमाडौं, कात्तिक १५ । नेपालमा अधुरो क्रान्ति, धरापमा परेको राष्ट्रिय स्वाधीनता र जनतामा फैलिँदो हारको अनुभूतिलाई सम्बोधन गर्न नयाँ बहस र एकता आवश्यक रहेको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘बिप्लव’ले बताएका छन्।

    प्रज्ञा भवनमा आयोजित शिला यादवद्रारा लेखित समरका दिन कृति परिचर्चा  कार्यक्रममा बोल्दै उनले वर्तमान पार्टीगत घेरा र आग्रह–पूर्वाग्रहबाट मुक्त भएर, वर्गीय दृष्टिकोण र आजको विश्व परिवेशका आधारमा कम्युनिस्ट आन्दोलनको पुनर्गठन गर्नुपर्ने बताए।

    उनका अनुसार, “हामीले अध्यक्ष पद होइन, विचार, नीति र नयाँ पुस्तालाई लक्षित कार्यक्रमसहितको कम्युनिस्ट पुनर्निर्माणको प्रस्ताव गरेका हौं।”

    बिप्लवले जनयुद्धको स्कुलले धेरै उपलब्धि दिए पनि गुटबन्दी र मनोत्रासको संस्कारले आन्दोलनलाई कमजोर बनाएको बताए। उनले भने, “हामी संगठनात्मक जोडतोडका लागि होइन, वर्गसंघर्ष, राष्ट्रिय स्वाधीनता र सांस्कृतिक द्वन्द्व समाधान गर्न सक्ने वैचारिक एकताको खोजीमा छौं।”

     

     

    साथै शिला यादवको कृति समरका दिनहरु जनयुद्धको पुजिको रुपमा लिनु पर्ने वहाँको राधारणा रहेको थियो । उक्त कृति सवैले पढ्नु पर्ने वहाँको धाराण थियो ।

    प्रतिकृया दिनुहोस्

    Oplus_0