News Portal

  • कलाकार ज्योति मगरको आरोप : आजको आन्दोलन क्रान्ति होइन, अराजकता र भाडभैलो हो

    दोलागिरि संवाददाता२०८२ कार्तिक १२
    ४६ पटक

    काठमाडौँ ।कलाकार तथा मोडल ज्योति मगरले हालै सामाजिक सञ्जाल फेसबुकमार्फत अहिले देशभर भइरहेका गतिविधिहरूलाई लक्षित गर्दै ती क्रान्ति नभई अराजकता भएको टिप्पणी गरेकी छन्।

    उनले आफ्नो फेसबुकमा लेखेकी छन् “म एक नेपाली नागरिक भएको हैसियतले ठोकेरै भन्छु, नेपालमा भएका हरेक आन्दोलनहरू राणा शासनविरुद्ध, पञ्चायतविरुद्ध, जनयुद्ध र राजतन्त्रविरुद्ध  सबै ब्यवस्था परिवर्तन र नेपाली जनताको हकहितका लागि भएका क्रान्ति थिए। भलै नेताहरूले हाम्रो अपेक्षा पूरा गरे वा गरेनन्, त्यो फरक कुरा हो। तर आज जे भइरहेको छ, त्यो क्रान्ति होइन, यो अराजकता र भाडभैलो हो। केटाकेटी आए, गुलेली खेलाए, मट्याङ्ग्राको सत्यानास  यो त फिल्म ‘रातो घर’ को आइटम गीत हो। ल, अब गाली बर्साउनुस देशको झण्डा ओढेर देश जलाउने सच्चा देशभक्तहरू…”

    मगरको उक्त भनाइ सामाजिक सञ्जालमा तीव्र रुपमा भाइरल भइरहेको छ। कतिपयले उनको अभिव्यक्तिलाई साहसिक भन्दै समर्थन जनाएका छन् भने केहीले कलाकारको सार्वजनिक टिप्पणीलाई विवादास्पद बताउँदै आलोचना पनि गरेका छन्।

    उनको भनाइले पछिल्ला आन्दोलन र प्रदर्शनका स्वरूपबारे पुनः बहस सुरु गरेको छ। मगरले इतिहासका आन्दोलनहरूलाई जनताको अधिकारका लागि भएको संगठित क्रान्ति भनेकी छिन् भने हाल देखिएका गतिविधिलाई अव्यवस्थित अराजकता को संज्ञा दिएकी छन्।

    उनको उक्त पोस्ट अहिले सामाजिक सञ्जालमा चर्चा र विवादको केन्द्र बनेको छ।

    प्रतिकृया दिनुहोस्

    Oplus_0