News Portal

  • निमन्त्रण बहुउद्देश्यीय सहकारीको चौथो साधारणसभा सम्पन्न

    दोलागिरि संवाददाता२०८२ आश्विन ४
    ७१ पटक

    काठमाडाैं । निमन्त्रण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चौथो साधारणसभा हिजो सभ्य र भव्यतापूर्वक सम्पन्न भएको छ।

    कार्यक्रमको सुरुवात राष्ट्रियगानसहित ताली बजाएर उद्घाटन गरिएको थियो भने विभिन्न आन्दोलनका सहिदहरूको सम्झनामा एक मिनेट मौन धारण गरेर कार्यक्रम प्रारम्भ गरिएको थियो। साधारणसभाको अध्यक्षता तत्कालीन अध्यक्ष सुदर्शन पराजुलीले गर्नुभएको थियो भने सञ्चालन हरि शिवाकोटीले गर्नुभएको थियो।

    सभामा अध्यक्ष सुदर्शन पराजुलीले अध्यक्षीय प्रतिवेदन प्रस्तुत गर्नुभयो। त्यस्तै, लेखा तथा सुपरिवेक्षण समितिको प्रतिवेदन संयोजक विदुर खरेलले प्रस्तुत गर्नुभयो, जसलाई सर्वसम्मत रूपमा पारित गरिएको थियो।

    कार्यक्रममा उत्कृष्ट कर्जा कारोबारी, उत्कृष्ट बचतकर्ता, जेष्ठ नागरिक बचतकर्ता, कल बचतकर्ता तथा नियमित मासिक बचतकर्तामध्ये उत्कृष्टलाई पुरस्कृत र सम्मान गरिएको थियो। साथै, एसईईदेखि एम.फिल.सम्म उत्तीर्ण गर्ने सेयर सदस्य तथा उनीहरूका छोराछोरीलाई पनि सम्मान र पुरस्कृत गरिएको थियो।

    यसैगरी साधारणसभाले सुरेश न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ समितिमा उपाध्यक्षमा सीता पोखरेल, सचिवमा इन्दिरा अधिकारी, कोषाध्यक्षमा बसन्त पौडेल र सदस्यहरूमा राजन ढुंगाना, हरि शिवाकोटी, अमृता पौडेल, अनुप पौडेल, वासुदेव हुमागाईं, तेज पन्त र सुरेन्द्र चालिसे निर्वाचित भएका छन्।

    लेखा तथा सुपरिवेक्षण समितिमा विदुर खरेल संयोजक र बिन्दिरा प्रधानाङ्ग तथा दिपेश पाण्डे सदस्यका रूपमा चयन भएका छन्। साधारणसभाले विभिन्न समिती तथा उपसमिति समेत गठन गरेको छ।

    निर्वाचन समितिका संयोजक हरिगोपाल कर्माचार्यले नव निर्वाचित पदाधिकारीलाई सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण गर्नुभयो। कार्यक्रममा निवर्तमान अध्यक्ष सुदर्शन पराजुलीले नव निर्वाचितलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो। त्यस्तै, नव निर्वाचित अध्यक्ष सुरेश न्यौपानेले धन्यवाद ज्ञापन गर्दै साधारणसभाको समापन गर्नुभयो।

     

    प्रतिकृया दिनुहोस्