News Portal

  • राष्ट्रिय सभा अध्यक्ष दाहाल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

    दोलागिरि संवाददाता२०८२ भाद्र ३१
    ५२ पटक

    काठमाडौं, भदौ ३१ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्नुभएको छ।

    भेटका क्रममा अध्यक्ष दाहालले प्रधानमन्त्री कार्कीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँहरूले देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाबारे विस्तृत छलफल गर्नुभएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

    सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको कामकारबाही, वर्तमान अवस्था तथा बानेश्वरस्थित संघीय संसद भवन र सिंहदरबारस्थित संसद सचिवालयमा भएको क्षतिको विषयमा जानकारी गराउनुभएको थियो।

    प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान राष्ट्रिय सभाको महत्त्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्दै वर्तमान राष्ट्रिय सङ्कटलाई सही निकास दिन सबै राजनीतिक शक्ति र निकायबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

    प्रतिकृया दिनुहोस्