News Portal

  • प्रधानमन्त्री सुशिला कार्कीका पाँच निर्णय : सहिद घोषणा देखि घाइतेको निःशुल्क उपचारसम्म

    दोलागिरि संवाददाता२०८२ भाद्र २९
    २८ पटक

    काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वमा बसेको मन्त्रिपरिषद बैठकले “जेन-जि आन्दोलन” सम्बन्धी महत्वपूर्ण ५ निर्णय सार्वजनिक गरेको छ ।

    बैठकले आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुलाई सहीद घोषणा गर्ने निर्णय गरेको छ । साथै, मृतकका परिवारलाई सरकारले १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय पनि गरेको छ ।

    त्यस्तै, आन्दोलनमा घाइते भएकाहरुलाई सरकारले निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउनेछ । शहीदको शव लैजाने र अन्त्येष्टिका सम्पूर्ण खर्च समेत सरकारले व्यहोर्ने घोषणा गरिएको छ ।

    यस्तै, आन्दोलनका क्रममा अपाङ्गता भएका पीडितहरुलाई सरकारले आवश्यक सुविधा तथा पुनःस्थापना सहयोग उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ ।

    प्रधानमन्त्री कार्कीको नेतृत्वमा सरकारले गरेको पाँच निर्णयलाई आन्दोलनका माग सम्बोधन गर्ने दिशामा महत्वपूर्ण कदमका रुपमा हेरिएको छ ।

    प्रतिकृया दिनुहोस्