
काठमाडौं – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारले सामाजिक सञ्जालमा लगाउन खोजिएको नियन्त्रणप्रति कडा आपत्ति जनाएका छन्।
उनले सामाजिक सञ्जालजस्तो आम नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सर्वपक्षीय विमर्श नगरी प्रतिबन्ध लगाउन खोज्नु राज्यको निरङ्कुस प्रवृत्ति भएको आरोप लगाएका छन्। विप्लवले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको भनाइमा सरकारले यस्ता कदम सच्याउनुपर्ने माग गरिएको छ।
“सामाजिक सञ्जाल नागरिकको विचार, अभिव्यक्ति र सूचना आदानप्रदानको महत्वपूर्ण माध्यम हो। यसलाई निषेधात्मक ढंगले नियन्त्रण गर्न खोज्नु जनताको अधिकारमाथि कुठाराघात हो, यस्ता कदम तत्काल सच्याउनु पर्ने उनको धारणा रहेक छ।
लोकतन्त्रको नाममा निरङ्कुश शैलीमा सञ्चालित यस्ता कदमले सरकारप्रतिको जनविश्वास खस्किने चेतावनी पनि विभिन्न क्षेत्रबाट आवाज उठिराखेको बेला , विप्लवले पनि जनताको हकहित विपरीत कुनै पनि गतिविधि जनताले अस्वीकार नगर्ने बताएका छन्।
