News Portal

  • घ्याम्पेडाँडा–रानीकोट सडक पहिरोले अवरुद्ध, यात्रु उच्च जोखिममा

    दोलागिरि संवाददाता२०८२ भाद्र १२
    ३८० पटक

    भक्तपुर, १२ भदौ — भक्तपुरको पर्यटकीय क्षेत्र हुँदै काभ्रेको पनौती जोड्ने घ्याम्पेडाँडा–रानीकोट सडक निरन्तर पहिरोका कारण उच्च जोखिममा परेको छ।

    सूर्यविनायक–पनौती जोड्ने छोटो दुरीको यो वैकल्पिक सडकमा गएको पहिरोका कारण यातायात आवतजावत अवरुद्ध हुन थालेको छ। स्थानीय पर्यटन व्यवसायी रामसुन्दर बकेँका अनुसार खानेपानीको पाइप फुटेर बगेको पानीले सडक थप कमजोर बनेको र कुनै पनि बेला ठूलो दुर्घटना हुने सम्भावना बढेको छ।

    सडक अवरुद्ध हुँदा पनौतीतर्फबाट दूध, तरकारीलगायतका आवश्यक सामग्री ढुवानीमा समस्या परेको छ भने रानीकोट पुग्ने स्थानीय तथा आन्तरिक–बाह्य पर्यटकलाई समेत ठूलो सास्ती भएको छ।

    स्थानीय समिर लामाले सडक कालोपत्र उखलिँदै खाल्डाखाल्डो भएको, साँघुरो सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो। पर्यटन व्यवसायीहरूले पनि प्रत्येक वर्ष आफ्नै खर्चमा डोजर लगाएर पहिरो हटाउँदै आएको तर तीन तहका सरकारले बेवास्ता गरेको आरोप लगाएका छन्।

     

    प्रतिकृया दिनुहोस्