News Portal

  • लिपुलेक नेपालको हो, हस्तक्षेप सह्य हुने छैन जनताले प्रतिरोधगर्ने छन् : महासचिव विप्लव

    दोलागिरि संवाददाता२०८२ भाद्र ५
    ५२० पटक

    २०८२ भाद्रा ४ काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले लिपुलेक नेपालको भूभाग भएको स्पष्ट गर्दै नेपालको सहमति बिना अरू कसैले प्रयोग गर्न खोजे सार्वभौमिकतामाथि भएको हस्तक्षेप मानिने बताएका छन्।

    फेसबुकमार्फत सार्वजनिक गरिएको धारणा अनुसार उनले भनेका छन्, “लिपुलेक नेपालको हो । नेपालको सहमतिविना जो–कसैले प्रयोग गर्न खोजेपनि त्यो नेपालको सार्वभौमिकता माथिको हस्तक्षेप हो। नेपाली जनताले त्यो कहिल्यै स्वीकार्ने छैनन्। प्रतिरोध गर्ने छन्।”

    यसअघि पनि लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा देखिएको विवादले नेपाल–भारत सम्बन्धमा तनाव ल्याउने गरेको छ। यो प्रसंगलाई स्मरण गराउँदै विप्लवले पुनः नेपाली जनताको दृढ प्रतिरोध रहने चेतावनी दिएका हुन्।

     

    प्रतिकृया दिनुहोस्