News Portal

  • कांग्रेस सांसद थापाद्वारा लामिछानेमाथि प्रहार : जेल ससुराली गएको जस्तो हुदैन

    दोलागिरि संवाददाता२०८२ भाद्र ३
    ५२ पटक

    काठमाडौं । नेपाली कांग्रेस सांसद दुर्लभ थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई लक्षित गर्दै तीखो प्रहार गरेका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले जेललाई मेजमानीको ठाउँजस्तो ठान्न नहुने टिप्पणी गर्दै लामिछानेप्रति कटाक्ष गरेका हुन्।

    थापाले भने, “एउटा कांग्रेस र एमालेलाई मात्रै दोष लगाएर आफू मात्रै असल भनेर देखाउने प्रवृत्ति बढेको छ । पार्टी गतिलो छ भनेर कुन उदाहरण छ ? व्यक्ति पनि एउटाको उदाहरण दिनुस् । जेल भनेको त ससुराली गएको होइन नि, ढोका टालेको छ, झ्याल टालेको छ ।”

    उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उदाहरण दिंदै १४ वर्ष कालकोठरीमा बिताएका नेतामाथि समेत “चोर”को छाप लगाउने तर अहिले “ठगै असल” भएको दाबी गर्ने प्रवृत्ति अस्वीकार्य भएको बताए ।

    यसअघि सोमबार सिंहदरबारमा नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई बोलाएर हस्ताक्षर गराएका थिए । तर त्यसको कारण भने अझै सार्वजनिक गरिएको छैन ।

     

    प्रतिकृया दिनुहोस्