News Portal

  • रुपन्देही उपनिर्वाचनका लागि २६ दल दर्ता

    दोलागिरि संवाददाता२०८२ भाद्र ३
    ११ पटक

    काठमाडौँ । आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता भएका छन् ।

    निर्वाचन आयोगका अनुसार दर्ताका लागि २७ दलले निवेदन दिएकोमा कानुनी प्रक्रिया पूरा गरेका २६ दललाई सोमबारको आयोग बैठकले मान्यता दिएको हो । सहसचिव तथा प्रवक्ता नीता पोखरेल अर्यालले संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ अनुसार दर्ता प्रक्रिया सम्पन्न भएको जानकारी दिइन् ।

    सबैभन्दा पहिला मङ्गोल नेशनल अर्गनाइजेशन दर्ता भएको आयोगले जनाएको छ । त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका लागि नेपाली पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनप्रजातान्त्रिक पार्टी नेपाल, नेकपा (एमाले) दर्ता भएका छन् ।

    यस्तै, नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल), संयुक्त नागरिक पार्टी, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), नेकपा (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेशनल रिपब्लिक नेपाल, राष्ट्रिय मातृभूमि पार्टी, नेपाली जनता दल पनि दर्ता भएका छन् ।

    त्यसैगरी, राष्ट्रिय यथार्थवादी पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल जनमुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, बहुजन शक्ति पार्टी र खम्बुवान राष्ट्रिय मोर्चा पनि दर्ता भएका दलमा परेका छन् ।

    आयोगले उपनिर्वाचन कार्यतालिका समेत सार्वजनिक गर्दै असोज २१ गते उम्मेदवार मनोनयन दर्ता गर्ने मिति तय गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्