News Portal

  • अर्थहीन भाषण हैइन, मल दे सरकार : महासचिव विप्लव

    दोलागिरि संवाददाता२०८२ साउन ३२
    ३७५ पटक

    काठमाडौं । किसानहरूलाई आवश्यक समयमा रासायनिक मल नपाउँदा उत्पादन संकट बढ्दै गएको छ। अभावले कृषि उत्पादन केन्द्रसमेत प्रभावित भइरहेको अवस्थामा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सरकारप्रति आक्रोश पोखेका छन्।

    महासचिव विप्लवले सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारको ध्यानाकर्षण गराउँदै भनेका छन् । “अर्थहीन भाषण होइन, किसानलाई समयमा मल उपलब्ध गराऊ सरकार !”

    उनका अनुसार उत्पादनमा जुटिरहेका किसानहरूलाई आवश्यक मल अभावले छटपटीमा पार्नु सरकारको उदासीनताकै कारण हो। विप्लवले तत्काल आपूर्ति सुनिश्चित गरी किसानलाई सहज बनाउन सरकारलाई आग्रह गरेका छन् ।

    प्रतिकृया दिनुहोस्