
णललितपुर, साउन २२ । विश्व स्तनपान सप्ताह २०८२ को अवसरमा जनस्वास्थ्य कार्यालय ललितपुरले “स्तनपानलाई प्राथमिकता दिऔं, सहयोगी वातावरण निर्माण गरौं” भन्ने नारासहित विभिन्न कार्यक्रम सञ्चालन गरेको छ। साउन १६ देखि २२ गतेसम्म (अगस्ट १–७) मनाइने यो सप्ताहअन्तर्गत आज एक विशेष कार्यक्रममा स्तनपान कक्षको औपचारिक उद्घाटन कार्यालय प्रमुख डा. भुवन पौडेलले गर्नुभयो ।
जनस्वास्थ्य नर्सिङ निरीक्षक सृजना लिंथेपका अनुसार, यी तथ्याङ्कहरूले आमाहरूलाई स्तनपानसम्बन्धी व्यवहारमा अझै पर्याप्त सहयोग र समर्थन आवश्यक रहेको देखाउँछन्। उहाँले भनिन्, शिशुमा स्तनपान व्यवहार प्रभावकारी रूपमा लागू गर्न श्रीमान्, परिवार, समुदाय, स्वास्थ्य संस्था, सरकार र सिङ्गो समाजको सहकार्य अपरिहार्य छ।
जनस्वास्थ्य कार्यालय ललितपुरले स्तनपान कक्षको स्थापना तथा स्तनपान सप्ताहको आयोजना मार्फत आमाहरूको सशक्तिकरण र शिशु स्वास्थ्यप्रति सजगता बढाउने लक्ष्य लिएको जनाएको छ।
