News Portal

  • नेपाल पत्रकार महासंघ ललितपुर शाखाद्वारा “राधा र लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार कोष” स्थापना

    दोलागिरि संवाददाता२०८२ साउन २३
    ९३ पटक

    ललितपुर, नेपाल २०८२ साउन २२।  नेपाल पत्रकार महासंघ ललितपुर शाखाले “राधा र लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार” को लागि एक लाख पचास हजार रुपैयाँको स्थायी कोष स्थापना गरेको छ। शाखाका अध्यक्ष रामहरि कार्कीका अनुसार, उक्त कोषको व्याजबाट प्रत्येक वर्ष एक जना पत्रकारलाई साधारण सभाको अवसरमा पुरस्कार प्रदान गरिनेछ।

    पुरस्कारद्वारा पत्रकारिता पेशामा क्रियाशील पत्रकारहरूको मनोबल अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ। अध्यक्ष कार्कीले कोष स्थापनालाई सृजनात्मक पत्रकारिता र पेशागत निष्ठाको सम्मानको रूपमा उल्लेख गरेका छन्।

    नेपाल पत्रकार महासंघ ललितपुर शाखाले यस किसिमका पहलहरूबाट स्थानीय पत्रकारिता क्षेत्रलाई थप प्रेरित र सशक्त बनाउने विश्वास लिएको बताइएको छ।

     

    प्रतिकृया दिनुहोस्