News Portal

  • मोबिलिटी क्षेत्रमा थप व्यवस्थित विकास गर्न सरकार लागेको छ : अर्थमन्त्री पौडेल

    दोलागिरि संवाददाता२०८२ साउन २३
    ३३६ पटक

    काठमाडौं २०८२ साउन २१ ।
    अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मोबिलिटी क्षेत्रमा थप व्यवस्थित विकास गर्न सरकारले निरन्तर काम गरिरहेको बताएका छन्।

    नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) ले आयोजना गरेको ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ उद्घाटन समारोहमा अर्थमन्त्री पौडेलले यो जानकारी दिएका हुन्।

    उनले भने, सरकारले सडक निर्माण गर्दा गुणस्तरमा विशेष ध्यान दिइरहेको छ र चालु आर्थिक वर्षको बजेटमा समेत सडकको गुणस्तर सुनिश्चित गर्ने प्रावधान राखिएको छ। अर्थमन्त्रीले नाइमाले स्थापना भएको पहिलो वर्षमै अटो शो गरेर आफ्नो औचित्य प्रमाणित गरेको पनि उल्लेख गरे।्

    प्रतिकृया दिनुहोस्