News Portal

  • माओवादी केन्द्रसँग तत्काल एकता असम्भव: नेकपा

    दोलागिरि संवाददाता२०८२ साउन २१
    ५२१ पटक

    २०८२ साउन २०, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले  नेकपा माओवादी केन्द्रसँग तत्काल एकता सम्भव नरहेको स्पष्ट पारेको छ।

    सोमबार साँझ बसेको स्थायी समिति बैठकले एकतापूर्व आधार र उद्देश्य स्पष्ट गर्नुपर्ने निष्कर्ष निकालेको हो।

    नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का अनुसार, पार्टीले क्रान्तिकारी कम्युनिष्ट र माओवादी धारसँग एकता गर्ने नीति राखे पनि माओवादी केन्द्रसँग अहिलेको अवस्थामा एकता सम्भव छैन।

    पार्टीले आफ्नै नेतृत्वमा माओवादी धार समेट्ने पहलकदमी अघि बढाउने निर्णय समेत गरेको छ। देशको जटिल परिस्थिति समाधान गर्न समाजवादी गणतन्त्रको मार्गमा अघि बढ्ने भनिएको छ।

    यसैबीच, पार्टीले साउन ३० गते एमसीसीविरुद्ध सातवटै प्रदेशमा प्रदर्शन गर्ने र भदौमा केन्द्रीय समिति बैठक बस्ने निर्णय गरेको छ।

    प्रतिकृया दिनुहोस्