News Portal

  • बालाजु औद्योगिक क्षेत्र आईसीटी पार्कमा रूपान्तरण हुने

    दोलागिरि संवाददाता२०८२ साउन २
    १५७ पटक

     

     

    २०८२ साउन १ गते  काठमाडौं ।
    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले बालाजु औद्योगिक क्षेत्रलाई सूचना तथा सञ्चार प्रविधि (आईसीटी) पार्कको रुपमा विकास गरिने घोषणा गरेका छन्।

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको ३८औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित समारोहमा बोल्दै मन्त्री भण्डारीले बालाजुस्थित परम्परागत उद्योगहरूलाई उपत्यका बाहिर सार्ने सरकारी योजना उल्लेख गर्दै त्यस स्थानलाई आधुनिक सेवामूलक आईसीटी उद्योगको केन्द्र बनाइने जानकारी दिए।

    उनले भने, “बालाजु औद्योगिक क्षेत्र उपत्यकाको मुटुमा रहेको क्षेत्र हो, यहाँ अब साना तथा सेवा प्रविधि आधारित उद्योगलाई प्रोत्साहन गरिनेछ। परम्परागत उद्योगहरूलाई व्यवस्थित रूपमा उपत्यका बाहिर सारेर यहाँ आईसीटी पार्क स्थापना गर्ने हाम्रो प्राथमिकता हुनेछ।”

    मन्त्री भण्डारीले आर्थिक रुपान्तरणको वर्तमान सन्दर्भमा सूचना प्रविधिलाई मुख्य आधार मान्दै आईसीटी क्षेत्रले रोजगारी सिर्जना र नवप्रवर्तनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

    सो अवसरमा उनले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नीति तथा संरचनागत सुधारका लागि सरकार प्रतिबद्ध रहेको बताए।

    कार्यक्रममा उद्योग मन्त्रालयका उच्च अधिकारी, विभिन्न औद्योगिक क्षेत्रका प्रतिनिधिहरू, तथा निजी क्षेत्रका उद्योगी-व्यवसायीहरूको उपस्थिति रहेको थियो।

    प्रतिकृया दिनुहोस्