

काठमाडौं, २०७९ — त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिमा प्राध्यापक डा. दिपक अर्याल नियुक्त भएका छन्। त्रिविका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई उपकुलपतिका रूपमा नियुक्त गरेका हुन्।
प्रा.डा. अर्याल विगतमा त्रिविको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्रमुखको रूपमा कार्यरत थिए। उनी मौसम विज्ञ तथा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) का प्राज्ञ सदस्यसमेत हुन्।
उपकुलपति नियुक्तिका लागि गठित सिफारिस समितिले तीनजनाको नाम सिफारिस गरेको थियो। उक्त समितिको संयोजक शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त थिए। सिफारिसमा प्रा.डा. दिपक अर्यालका साथै कार्यबाहक उपकुलपति प्रा.डा. खड्ग केसी र पूर्व विज्ञान संकाय डीन प्रा.डा. विनिल अर्यालको नाम समावेश गरिएको थियो।
तीनजना उम्मेदवारमध्येबाट प्रधानमन्त्री ओलीले प्रा.डा. दिपक अर्याललाई त्रिविको नयाँ उपकुलपतिमा चयन गरेका हुन्।
