News Portal

  • जनयुद्धको अधुरो सपना एकीकृत जनक्रान्तिबाट पूरा गर्छौं : माईला सी

    दोलागिरि संवाददाता२०८० फाल्गुण १
    १३८ पटक

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिट व्युरो सदस्य तथा वरिष्ठ जनवादी कलाकार माइला सीले २९औं महान जनयुद्ध दिवसको अबसरमा आयोजित शुभकामना आदना प्रदान कार्यमलाई सम्बोधन गर्दै जनयुद्धका अधुरा सपना पूरा गर्न एकताबद्ध जनयुद्धकालीन जस्तो युनिफाईट पार्टी आवश्यक भएको धारणा राख्नु भयको छ । काठमाडौं एक नम्बर जिल्लाद्वारा मङ्गलबार काठमाडौँको कपुरधारामा आयोजित कार्यक्रममा बोल्दै नेता माइला सीले यस्तो बताएका हुन् ।


    जनयुद्धमा सिगों देश एकता बद्ध भयर केन्द्रीकृतरुपमा ससस्त्र युद्धमा सहभागी भयो । ६२/६३मा पनि सिगो देश एकताबद्ध भएर जनआन्दोन सफल भयको अनुभव राख्दै फेरि देशमा अब नेपाली विशेषताको समाजवादी नारामा सिगौं देशलाई एकताबद्ध गर्न सकिने सुनौलो खवसर हाम्रो अगाडी रहेको धारणा व्यक्त गर्नु भयो । केही मान्छेहरु देशलाई निरासमा धकेल्न सुनियोजित रुपले निरासा वाड्दै हिडेको प्रति चिन्ता व्यक्त गर्दै हाम्रो अगाडि समाजवादको सुन्दर भबिस्य रहेको र आसावादी भयर देशको जिम्मवा लिनु पर्ने बेला आयको धारणा राख्नु भयको छ । जनयुद्धमा परिवर्तनको निम्ति आफ्नो ज्यानको आहुति दिन तयार भयर लागेको हामी घाइते भयर वाचिरहेको तर अझै मुक्ति र परिवर्तनको सपना नमरेको र सपना पूरा गर्न लागि परेको जानकारी दिनु भयको थियो ।

    वेपत्ता योद्दाहरु प्रति विशेष स्मरण तथा सम्मान गर्दै महान शहिदहरुका सपना पुरा गर्न उच्च संकल्प र प्रतिवद्दता ब्यक्त गर्दैं हामी निरन्तर रुपमा जनयुद्धकै विकसित रुपमा एकीकृत जनक्रान्तिको रुपमा नयाँ ढंगले अगाडि वढेको माइला सीको धारणा रहेको थियो ।
    महान् जनयुद्धको संघर्ष र वलिदानले ल्याएको गणतन्त्रमा आज दलालहरु राज गर्न पुगे । श्रमिक जनताको हिजो देखिको दु:ख र पीडा झन् थपियो । मुठ्ठीभर दलालहरु बाहेक सारा नेपाली निस्सासिरहेको अवस्थामा बाचेको भन्दै असफल दलाल संसदीय व्यवस्था फालेर नेपाली विशेषताको समाजवाद स्थापना गर्नु नै यो समयको आवश्यकता र संकटको समधान हो हुने वहाँ धारणा रहेको भन्दै देशभक्त , वामपन्थी ,परिवर्तनकारी शक्तिहरु एक भयर बर्तमान देशमा देखियको सवैखाल समस्याको दिर्घकालिन समधान दिनु पर्ने जोडदार मतराख्नु भयको थियो ।

    कार्यक्रममा नेकपा का पोलिट व्युरो सदस्य तथा उपत्यका व्युरो इन्चार्ज कृति सी पोलिट व्यरो सदस्य खुमा सी, केन्द्रीय सदस्य भृकुटी सी , केन्द्रीय सदस्य, राजकुमारी सी, केन्द्रीय सदस्य सुर्दशन सी , अखिल नेपाल जनसांस्कृतिक महासङ्घघका केन्द्रीय महसचिव कुशल सी लगायतका नेता कार्यक्रताहरुको सहभागीता रहेको थियो ।

    प्रतिकृया दिनुहोस्