News Portal

  • कुलिङ पिरियड’ प्रकरणमा सभामुखले नै जिम्मेवारी लिनुपर्छ : माओवादी केन्द्र

    दोलागिरि संवाददाता२०८२ आषाढ १८
    १५ पटक

    काठमाडौं । संघीय निजामती सेवा विधेयकमा गरिएको ‘कुलिङ पिरियड’ सम्बन्धी विवादास्पद हेरफेरका विषयमा माओवादी केन्द्रले सभामुख देवराज घिमिरेलाई नैतिक जिम्मेवारी लिन माग गरेको छ।

    बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्निप्रसाद सापकोटाले संसदीय प्रक्रियामै हस्तक्षेप गरिएको भन्दै यसलाई “सुनियोजित संसदीय अपराध”को संज्ञा दिए। उनले घटनामा संलग्न सबैको छानबिन गरी कडा कारबाहीको माग गर्दै, संसदीय प्रणालीमै आँच आउने अवस्था आएको चेतावनी दिए।

    “यो कुनै सामान्य प्राविधिक त्रुटि होइन, यो एक–दुई व्यक्तिको दुस्साहसमा सीमित छैन,” सापकोटाले भने, “संसद्को नेतृत्वले यसमा जिम्मेवारी लिनैपर्छ। विधायन प्रक्रियामा भएको यस्तो हेरफेर संसद्, समितिहरू र सांसदहरूको नैतिकता, निष्ठा र योग्यमाथिको गम्भीर प्रहार हो।”

    उनले विधेयकको अन्तिम रुप संसदबाट पारित हुनुअघि नै मनपरी ढंगले परिवर्तन गरिएको दाबी गर्दै, जनताको विश्वास र संविधानमाथि नै चोट पुग्ने गरी भएको यो कार्यलाई “गम्भीर विश्वासघात”को संज्ञा दिए।

    प्रवक्ता सापकोटाले दोषी पहिचान गरी कडा कारबाही नगरे संविधानिक प्रक्रिया नै धरापमा पर्ने चेतावनी दिएका छन्। साथै, उनले संसदीय मर्यादा कायम राख्न सबै पक्ष गम्भीर हुनुपर्नेमा जोड दिए।

     

    प्रतिकृया दिनुहोस्