Skip

News Portal

  • २२ औँ राष्ट्रिय धान दिवस देशभरि मनाइयो

    दोलागिरि संवाददाता
    ५७ पटक

    काठमाडौँ । आज राष्ट्रिय धान दिवसको अबसरमा देशभर भव्य रूपमा मनाइएको छ ।

    राष्ट्रपतिदेखि कृषिमन्त्री,कलाकार समेत रोपाइँमा सहभागी भएका छन् । नेपाल सरकारले राष्ट्रिय कृषि अनुसन्धान केन्द्र परिसरमा २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा मनाएको थियो भने रोपाइँ महोत्सवमा कृषि तथा पशुपालन विकास मन्त्री रामनाथ अधिकारीले धान रोपेका थिए ।

    १५ असारसम्म देशभरी २० प्रतिशतमात्र रापाइ सकिएको छ । कृषि विभागको साँझ ६ बजेसम्मको तथ्याङ्क अनुसार देशभरी १३ लाख ९१ हजार ३२१ धान रोपाइँ हुने क्षेत्रमध्ये २ लाख ८१ हजार ८०४ हेक्टरमा रोपाइँ भएको हो ।

    जुन कुल रोपाइँ हुने क्षेत्रको २०।३ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ । गत वर्ष १६ असारसम्ममा २१।३ प्रतिशत रोपाइँ भएको थियो ।

    प्रतिकृया दिनुहोस्