Skip

News Portal

  • मध्यपुर थिमि नगरपालिकाले ३ अर्ब २५ करोडको बजेट र नीति कार्यक्रम सार्वजनिक

    दोलागिरि संवाददाता२०८२ आषाढ ९
    १७५ पटक

    भक्तपुर, असार ८ । मध्यपुर थिमि नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ३ अर्ब २५ करोड ६६ लाख रुपैयाँको बजेट र नीति कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरसभाको १२ औं बैठकमा नीति कार्यक्रम प्रस्तुत गरेका हुन भने उपप्रमुख विजयकृष्ण श्रेष्ठले बजेट सार्वजनिक गरेका थिए ।

    बजेटमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, सिप विकास, रोजगारी प्रवद्र्धन, पर्यटन, संस्कृति संरक्षण, महिला सशक्तिकरण, वातावरण संरक्षण लगायत क्षेत्रलाई प्राथमिकता दिइएको छ भने स्वास्थ्य बिमा विस्तार, क्षयरोग र लागूऔषध नियन्त्रण, आत्महत्या रोकथाम तथा कोरिया मैत्री अस्पताललाई नमूना अस्पतालको रूपमा विकास गर्ने योजना सार्वजनिक गरिएको छ। शिक्षामा नर्सिङ कलेज, ई-लाइब्रेरी, स्थानीय पाठ्यक्रम कार्यान्वयन तथा दीर्घकालीन ज्ञान परियोजना अघि बढाइनेछ।

    सार्वजनिक-नीजि साझेदारीमा यातायात, पार्किङ व्यवस्थापन, जग्गा एकीकरण, दाहसंस्कार स्थल सुधार, विपद् व्यवस्थापन सामग्री भण्डारणजस्ता योजनाहरू सञ्चालन गरिनेछ। कृषि, पशुपालन, सहकारी, घरेलु उद्योगमा अनुदान र तालिमको व्यवस्था हुनेछ। पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक र धार्मिक स्थल संरक्षण, मौलिक नामको पुनर्स्थापना, पार्क र पोखरीहरूको सौन्दर्यकरण गरिनेछ।

    बजेट स्रोतमा संघीय सरकार, प्रदेश सरकार, आन्तरिक आय र राजस्व बाँडफाँड समावेश छन्। कुल बजेटमा पुँजीगत खर्च ५१.१६% र चालु खर्च ४८.८४% रहेको छ। नगर प्रमुख श्रेष्ठले पारदर्शिता, सुशासन, गुनासो सम्बोधन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको प्रतिबद्धता जनाउनुभएको छ।

    प्रतिकृया दिनुहोस्