

मध्यपुर थिमी, भक्तपुर — असार ७, २०८२
मध्यपुर थिमी प्याब्सनको आयोजनामा बधाई तथा शुभकामना कार्यक्रम आज भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा केन्द्र, प्रदेश र जिल्लाका विभिन्न तहका प्याब्सन पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथिको रूपमा भक्तपुर निर्वाचन क्षेत्र नम्बर दुई वाट निर्वाचित प्रतिनिधि सभा सदस्य दुर्लब थापाको विशेष उपस्थित रहेको थियो भने प्याब्सन केन्द्रीय अध्यक्षको गरिमामय उपस्थिति रहेको थियो। त्यस्तै, प्याब्सन केन्द्रका अन्य पदाधिकारीहरु , बागमती प्रदेशका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, भक्तपुर जिल्लाबाट अध्यक्ष गायत सम्पूर्ण पदाधिकारी, सदस्यहरू, सल्लाहकार तथा पूर्वपदाधिकारीज्यूहरू, तीनैओटा नगरका प्याब्सन अध्यक्ष तथा पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो।
कार्यक्रम सफल पार्न योगदान गर्ने सम्पूर्ण सदस्य विद्यालय, कार्यसमिति सदस्यहरु र पदाधिकारीलाई आयोजकले विशेष धन्यवाद प्रकट गरेको छ।
कार्यक्रमको समापनमा आयोजक पक्षबाट सम्पूर्ण सहभागी तथा सहयोगीप्रति आभार प्रकट गर्दै कार्यक्रम सफल पार्न गरिएको अमूल्य सहयोग र माया प्रति हार्दिक कृतज्ञता व्यक्त गरिएको थियो ।
