Skip

News Portal

  • प्रलेस सूचना प्रविधि तथा प्रचार विभागको वैठक सम्पन्न

    दोलागिरि संवाददाता२०८२ आषाढ ७
    १६० पटक

    काठमाडौं, असार ७ –  प्रगतिशील लेखक संघ नेपाल केन्द्रीय समितिको  सूचना प्रविधि तथा प्रचार विभागको प्रथम महत्वपूर्ण वैठक केन्द्रीय सचिव तथा विभाग संयोजक कुशल वोगटीको अध्यक्षतामा सम्पन्न भएको छ।

    वैठकले संगठनको प्रचार, सूचना प्रवाह तथा डिजिटल सशक्तिकरणका क्षेत्रहरूमा दीर्घकालीन कार्यदिशा तय गर्दै विभिन्न निर्णयहरु सार्वजनिक गरेको छ।

    वैठकमा विभागीय संरचना, प्रमुख जिम्मेवारी, र भावी योजना स्पष्ट पार्दै सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत संगठनको विचारधारा, नीति र अभियानलाई आमजनसमक्ष पुर्‍याउने रणनीति तय गरिएको गरेको छ ।

    वैठकले निर्णय तथा कार्यक्रमहरू गर्ने निर्णय अनुसार
    डिजिटल सशक्तिकरण अभियान, संगठनका सबै सदस्यहरूलाई डिजिटल साक्षर बनाउने उद्देश्यसहित ‘एक सदस्य, एक इमेल’, ‘डिजिटल परिचयपत्र’, तथा ‘अनलाइन सहभागिता’ कार्यक्रम लागू गर्ने र त्यसका लागि केन्द्रीय कार्यलयलाई सहयोग लिने    संगठनका उपलब्धि र आन्दोलनबारे छोटो भिडियो निर्माण, विचार नेताहरूसँग अन्तर्वार्ता, युट्युब च्यानल , फेसबुक पेज स्टाग्राम , लगायतका सवै डिजिटल च्यानलहरु वनाउने निर्णय लिएको छ ।

    फ्याक्ट चेक अभियानस् विपक्षी शक्तिबाट फैलाइएका भ्रामक सूचना र प्रचारको खण्डन गर्न “सत्यतथ्य डेस्क” गठन गर्दै जनस्तरमै बुझिने भाषामा प्रलेस सामग्री निर्माण गरि प्रचार गर्ने ।
    डिजिटल अभिलेख निर्माण संगठनको ऐतिहासिक दस्तावेज, घोषणा, फोटो, भिडिओ लगायत सबै सामग्रीहरूलाई डिजिटलाइज गरी व्यवस्थित रूपमा सुरक्षित राख्नपहल गर्ने निर्णय पनि लिएको छ ।
    मिडिया समन्वय कार्यक्रम, प्रेस क्लब, अनलाइन मिडिया तथा स्वतन्त्र पत्रकारहरूसँग नियमित संवाद गर्दै प्रेस विज्ञप्ति वितरण, प्रेस मिट आयोजना लगायत सहकार्यको अभ्यास गर्ने यसको लागि सिगो केन्द्रीय समितिको भुमिका महत्त्वपूर्ण हुने भएकाले
    ग्रामिण सूचना श्रोतलाई  गाउँ(नगरस्तरमा सञ्चार सेल स्थापना गरी स्थानीय सूचना प्रवाह केन्द्रको रूपमा विकास गर्न सकिने र त्यसका प्रदेश , जिल्ला , स्थानिय तहसम्म  प्रत्येक क्षेत्रमा स्थानीय प्रतिनिधिमार्फत प्रचार टोली पनि गठन पहल गर्ने निर्णय लिएको छ ।

    वैठकले सूचना प्रविधिमा आत्मनिर्भरता र नवीनतम प्रविधिको उपयोगमा जोड दिंदै कृत्रिम बुद्धिमत्ता  बिग डाटा, ब्लकचेन, र क्लाउड प्रणालीहरूको अध्ययन र प्रयोगमार्फत संगठनको प्रविधि क्षमता अभिवृद्धि गर्ने रणनीति अघि सारेको छ। यसै क्रममा डिजिटल स्वतन्त्रता, सूचना सुरक्षा र सशक्त डिजिटल जनसञ्चार संरचना निर्माण गर्ने दीर्घकालीन लक्ष्य तय गरिएको जानकारी प्रप्त भएको छ ।

    प्रतिकृया दिनुहोस्