

काठमाडौं, असार ६ – नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेत साठे ९ करोड रुपैयाँ घुस लिएको र १३ करोड रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरी त्यसको शुद्धिकरण (मनी लन्डरिङ) गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको छ।
स्रोत अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामो समयदेखि निगरानीमा राख्दै आएको बस्नेतमाथि अख्तियारले विस्तृत अनुसन्धानपश्चात मुद्दा दायर गरेको थियो। अदालतको फैसलाले उनलाई दोषी ठहर गर्दै कानुनी कारबाहीको बाटो खुला गरेको छ।
बस्नेतमाथि सेवाग्राहीसँग सुविधा शुल्कका नाममा ठूलो रकम घुस लिएको र त्यो रकम विभिन्न माध्यमबाट आफ्नो नाममा तथा आफन्तको नाममा सम्पत्ति खरिदमा प्रयोग गरिएको आरोप थियो। यस्तै, १३ करोड रुपैयाँभन्दा बढी सम्पत्तिको स्रोत प्रष्ट नभएको भन्दै शुद्धिकरणको अभियोगसमेत लागाइएको थियो।
अदालतको यो फैसला संगै बस्नेत अब पद मुक्त हुने निश्चित भएको छ भने सार्वजनिक पदमा रहेका अन्य जनप्रतिनिधिका लागि यो घटनाले गम्भीर सन्देश दिएको छ।
सामाजिक सञ्जालमा यो घटनाले व्यापक चासो र बहस सिर्जना गरेको छ। सर्वसाधारण जनताले भ्रष्टाचारविरुद्ध कडा कारबाहीको माग गर्दै न्यायिक संस्थाले दिएको निर्णयको स्वागत गरेका छन्।
