News Portal

  • नेपालमै पहिलोपटक ‘फिसटनेल एक्स्पो’ भक्तपुरमा हुदैं

    दोलागिरि संवाददाता२०८२ आषाढ २
    १९४ पटक

    भक्तपुर, असार २ – भक्तपुरको राधेराधे, भाटभटिनी पछाडि रोयल थाइसँगैको चौरमा नेपालमै पहिलोपटक भव्य ‘फिसटनेल एक्स्पो २०८२’ आयोजना हुँने भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाको आयोजनामा हुन लागेको यो एक्स्पो २०८२ साल असार ४ गतेदेखि साउन १० गतेसम्म सञ्चालन हुनेछ।

    फिसटनेल एक्स्पोको मुख्य आकर्षण सिंगापुरे शैलीको एसी अण्डरवाटर फिसटनेल हुनेछ, जहाँ आगन्तुकहरूले सुरुङमार्ग (टनल) भित्रबाट विश्वभरिका विविध समुद्री प्रजातिका रंगीचंगी माछाहरूको प्रत्यक्ष अवलोकन गर्न सक्नेछन्। यो सुरुङ आधुनिक प्रविधिमा आधारित हुने र विशेषत: बालबालिका तथा युवायुवतीलाई लक्षित गरिने बताइएको छ।

    त्यसैगरी, ‘सुनामी थी सिक्स्टी भाइल पिंग’ नामक रोमाञ्चक राईडले पनि दर्शकको ध्यान तान्ने अपेक्षा गरिएको छ। आगन्तुकहरू उक्त पिङमा चढेर भूकम्पीय तरङ्गको अनुभूति गर्न सक्नेछन्, जुन रमाइलो र रोमाञ्चक दुवै हुनेछ।

    थप रमाइला खेल, बालमैत्री गतिविधि, र पारिवारिक मनोरञ्जन पनि एक्स्पोमा समावेश गरिने आयोजकले जनाएका छन्। यस कार्यक्रमले बालबालिका, परिवार र पर्यटकहरूलाई नयाँ अनुभूति दिने विश्वास लिइएको छ।

    आयोजक संस्थाका अनुसार यो एक्स्पोले देशको मनोरञ्जनात्मक र शैक्षिक क्षेत्रलाई प्रवर्द्धन गर्नुका साथै स्थानीय पर्यटनमा पनि टेवा पुर्याउनेछ।

     

    प्रतिकृया दिनुहोस्