News Portal

  • माओवादी केन्द्र चाँगुनारायणमा नरेश खड्का दोहोरिए, ५५ सदस्यीय समिति निर्विरोध चयन

    दोलागिरि संवाददाता२०८२ जेठ ४
    ६०० पटक

    भक्तपुर, ३ जेठ – नेकपा (माओवादी केन्द्र) चाँगुनारायण नगर समितिको दोस्रो सम्मेलनले नरेश खड्कालाई पुनः अध्यक्ष चयन गर्दै ५५ सदस्यीय नयाँ नगर समिति निर्विरोध रुपमा निर्वाचित गरेको छ।

    निर्वाचन समितिका संयोजक सत्यलाल मूलका अनुसार उपाध्यक्षमा राजेन्द्र तिमल्सिना र हरेराम खड्का, सचिवमा चण्डीका लामिछाने, सहसचिवमा लक्ष्मण दुलाल र कोषाध्यक्षमा शान्ति केसी चयन भएका छन्।

    नगर इन्चार्ज देवेन्द्र श्रेष्ठका अनुसार सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् भने कुनै असन्तुष्टि नदेखिएको बताइएको छ। सम्मेलनमा रोशन खत्री र अजय बयलकोटीलाई नयाँ सदस्यका रूपमा स्वागत गरिएको छ।

    केन्द्रीय सदस्य दिलिप प्रजापति भीष्मले उद्घाटन गरेका सम्मेलनमा नेताहरूले परिवर्तनको पक्षमा जनमत निर्माण गर्ने र आगामी स्थानीय निर्वाचनमा जितका लागि तयारी थाल्नुपर्नेमा जोड दिएका थिए।

     

    प्रतिकृया दिनुहोस्