News Portal

  • शिक्षकहरूलाई बल प्रयोग गरेर होइन, संवादमार्फत समाधान खोज : सांसद चन्द भण्डारी

    दोलागिरि संवाददाता२०८२ बैशाख १४
    १३ पटक

    काठमाडौं, वैशाख १४ – शिक्षकका सामाजिक सम्मानका माग समयमै सम्बोधन हुनु आवश्यक रहेको भन्दै सांसद चन्द भण्डारीले सरकारसँग संवादमार्फत समाधान खोज्न आग्रह गरेका छन्।

    हाल स्वास्थ्य समस्याका कारण उपचारमा रहनु भएका भण्डारीले आज आमाको मुख हेर्ने दिनको सन्दर्भमा विशेष सन्देश दिँदै शिक्षकमाथि भएको अपमानलाई “अत्यन्त पीडादायी” भनेका छन्। उहाँले भन्नुभयो, “शिक्षकहरू जीवनका दोस्रो आमाबुबा हुन्। उनीहरूबाट हामीले ज्ञानरूपी अमूल्य उपहार पाएका छौं। शिक्षकमाथिको अपमान सह्य हुन सक्दैन।”

    भण्डारीले शिक्षकका मागहरू समितिमा पटक–पटक उठेको र सबै पक्षहरू सहमत भए पनि समयमा सम्बोधन नहुँदा परिस्थिति जटिल बनेको जनाउनुभयो। उहाँले आन्दोलनरत शिक्षकहरूलाई बल प्रयोग गरेर होइन, संवादमार्फत आन्दोलनको मैदानबाट सम्मानजनक रूपमा हटाउन सरकारलाई विनम्र आग्रह गर्नुभएको छ।

    “विधेयक संसदीय प्रक्रियामा रहँदा निश्चित समय लाग्ने रहेछ,” भन्दै भण्डारीले शिक्षक साथीहरूलाई संयमता अपनाउन समेत अनुरोध गर्नुभएको छ। उहाँले ‘विज्ञेषु किमधिकम्’ (ज्ञानीलाई के नै बढी भन्नु र) भन्दै संवेदनशील ढंगले समस्या समाधानको आशा व्यक्त गरेका छन् ।

    प्रतिकृया दिनुहोस्