News Portal

  • भक्तपुरमा वरिष्ठ गायक दीप श्रेष्ठको एकल सांगीतिक साँझ हुने

    दोलागिरि संवाददाता२०८२ बैशाख ७
    १ पटक

    भक्तपुर, वैशाख २० – नेपाली सङ्गीत क्षेत्रका बहुप्रशंसित वरिष्ठ गायक एवं संगीतकार दीप श्रेष्ठको एकल प्रस्तुतिमा भव्य सांगीतिक साँझ कार्यक्रम भक्तपुरमा आयोजना हुने भएको छ।

    भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा आगामी शनिबार, वैशाख २० गते सल्लाघारीस्थित इम्पेरियल बैंक्वेटमा कार्यक्रम हुन लागेको हो। आयोजक संस्थाले एक पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो।

    नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आयोजना गरिने उक्त कार्यक्रममा गायक दीप श्रेष्ठले आफ्ना कालजयी तथा लोकप्रिय गीतहरू प्रस्तुत गर्नेछन्। भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्वर्ट ब्रज्राचार्यका अनुसार उहाँले १२ देखि १५ वटा चर्चित गीतहरू लाईभ म्युजिक व्यन्डको साथमा गाउने कार्यक्रम छ।

    सांगीतिक प्रस्तुतिसँगै कार्यक्रममा स्थानीय उत्पादन, परम्परागत परिकार तथा विविध सांस्कृतिक स्टलहरू पनि रहने आयोजकले जानकारी दिएको छ।

    यस सांगीतिक साँझलाई भक्तपुरको सांस्कृतिक चेतना र मौलिक संगीतप्रतिको सम्मानको रुपमा हेरिएको छ। आयोजक संस्थाहरूले भक्तपुरवासी तथा संगीतप्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई नेपाली संगीतको समृद्ध यात्रालाई साक्षी रहन आग्रह गरेका छन्।

    प्रतिकृया दिनुहोस्