News Portal

  • शिक्षा क्षेत्रमा विशिष्ट योगदानको लागि राजन कसपाललाई “एजुकेशन इन्जिनियस अवार्ड प्रदान

    दोलागिरि संवाददाता२०८१ चैत्र २७
    ४०० पटक

    काठमाडौं — मोर्डन बोर्डिङ सेकेन्डरी स्कूलका प्राचार्य श्री राजन कसपालले राष्ट्रिय शिक्षा पुरस्कारको १९औँ संस्करण अन्तर्गत “एजुकेशन इन्जिनियस अवार्ड” प्राप्त गर्दै शिक्षा क्षेत्रमा आफ्नो उल्लेखनीय योगदानको लागि उच्च सम्मान प्राप्त गरेका छन्।

    पुरस्कार ग्रहणपछि प्राचार्य कसपालले भने, “यो सम्मान सम्पूर्ण मोर्डन बोर्डिङ परिवार—शिक्षक, विद्यार्थी, अभिभावक र शुभेच्छुकहरूलाई समर्पित गर्दछु, जसको निरन्तर प्रेरणा र समर्थनले मलाई सधैं अघि बढ्न हौसला मिलिरहेको छ।”

    शिक्षाको गुणस्तरीय यात्रामा निरन्तर विश्वास राख्ने सबैप्रति आभार व्यक्त गर्दै उनले अझ समर्पण र लगनका साथ शिक्षाक्षेत्रमा योगदान दिने प्रतिबद्धता जनाए।

    यो अवार्ड नेपालभरिका शिक्षासेवीहरूको मेहनत र समर्पणलाई राष्ट्रिय तहमा सम्मानित गर्न प्रदान गरिन्छ।

     

    प्रतिकृया दिनुहोस्