News Portal

  • बाँसबारी जग्गा प्रकरण: व्यवसायी अरुण चौधरीसहित तीनै जना हिरासतमुक्त

    दोलागिरि संवाददाता२०८० माघ २४
    १८९ पटक
    facebook sharing button
    twitter sharing button
    sms sharing button
    whatsapp sharing button
    sharethis sharing button

    काठमाडौं। बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीसहित तीनै जना हिरासतमुक्त भएका छन् । मङ्गलवार काठमाडौं जिल्ला अदालतले दुई दिनभित्र अनुसन्धान सक्न र अनुसन्धान नसकिए पक्राउ गरिएकालाई हाजिरी जमानीमा छाड्न आदेश दिएको थियो ।

    जिल्ला अदालत, काठमाडौंका न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले ‘२५ दिनभित्र नै हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएपछि उनीहरू आज बुधबार हिरासतमुक्त भएको सीआईबी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

    प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको २५ दिनभित्र अभियोग पत्र दर्ता हुने कानूनी व्यवस्था छ तर, अदालतले २ दिनमा नै अनुसन्धान सक्न आदेश दिएपछि प्रहरी असन्तुष्ट देखिन्छ । सीआईबीले अनुसन्धान सकेर प्रतिवेदन बुझाएपछि सरकारी वकिलले त्यसलाई अध्ययन गरेर अभियोग पत्र तयार गरी अदालतमा दर्ता गर्ने कानुनी व्यवस्था छ । बाँसबारी छालाजुत्ता कारखानाको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा पक्राउ परेपछि सीआईबीले अनुसन्धान सुरु गरेको थियो ।

    प्रतिकृया दिनुहोस्